२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वर्णिमको सन्देशः देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन

नेपाली कांग्रेसका समर्थक युवा नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसमा रहन सक्ने अवस्था नरहेको भन्दै कांग्रेसका ४ जनाहरुलाई मार्मिक सन्देश पठाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका तर्फबाट तनहुँ उपनिर्वाचनमा उम्मेदवार बनाउन प्रस्ताव गरेपछि उनले बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेलको मोबाइलमा सन्देश पठाएका हुन।

वाग्लेले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु। स्वर्णिम’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले यसअघि स्वर्णिम वाग्ले रास्वपाबाट उपनिर्वाचनमा चुनाव लड्न सकारात्मक रहेको नागरिक न्यूजलाई बताएका थिए।

प्रकाशित: १६ चैत्र २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App