१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यकः सभामुख घिमिरे

फाइल तस्बिर।

सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार, संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।

उनले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको उल्लेख गरे। उनले यस्तो अवस्थामा एकतर्फि रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए।

वर्तमान परिस्थितीलाई चाँडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भुमिका एक ठाउँ ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए।

सभामुख घिमिरेले व्यवसायीहरुको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे। उनले देशको अर्थतन्त्रमा गम्भिर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको प्रष्ट पारे।

प्रकाशित: ११ चैत्र २०७९ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App