coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी होः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी भएको बताएका छन्।  

मंगलबार नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत विराटनगरमा आकाशे पुल र स्वागतद्वार  निर्माण शिलान्यासका क्रममा प्रदेशमा पहिचानको विषय उठिरहे पनि प्रदेशको सबैभन्दा ठूलो पहिचना कोसी नै भएको बताएका हुन्।  

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा अब धेरै अल्झिरहनु नपर्ने बताए। ‘५ वर्ष नामका लागि अलमल गरौं,’ उनले भने, ‘अब नामको विषयमा अलमलिने नभई विकास र समृद्धको बाटोमा अघि बढ्नु पर्ने समय आएको छ।’ उनले विचार मिल्नेसँग सहकार्य गर्दै अघि बढ्ने  र चित्त नबुझे परामर्श छलफल बहस गर्दै अघि बढ्नु पर्नेमा स्पष्ट पारे।

शिलान्यासका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनतालाई अनुभूत गराउने गरी काम गर्नुपर्ने समय आएको बताए। प्रदेश सरकारलाई केन्द्रदेखि चौतर्फी विभिन्न टिकाटिप्पणी भइरहेको बताए। यो आकाशे पुल तथा स्वागतद्धार निर्माण गर्ने जिम्मा पाएको कम्पनीले समय सीमाभित्र गुणस्तरीय रुपमा काम सम्पन्न गरिसक्न उनले अग्रह गरे।

आकाशे पुल तथा स्वागतद्धार निर्माणमा कोशी प्रदेश सरकारको ७० प्रतिशत, विराटनगर महानगरपालिकाको २० प्रतिशत र उद्योग संगठन मोरङको ५ प्रतिशत साझेदारी रहेको छ। जसको लागत करिब ७ अर्ब ७६ लाख ४८ हजार रुपैयाँ रहेको प्रदेश सरकारले जनाएको छ। यद्धपि, संरचनाका निर्माणका लागि झापा भद्रपुरको ह्याविटेट/आकाशदीप जेभीसँग ६ अर्ब २५ लाख २४ हजार रुपैयाँको सम्झौता भएको छ। २०७७ सालमा संरचना निर्माणका लागि पहिलो सम्झौता भए पनि निर्माण कार्य हुन नसकेपछि २०७९ फागुनमा पुनः कार्यादेश पाएको हो। यसक्रममा निर्माण कम्पनीले संरचना २०८१ फागुनमा सम्पन्न गर्नु पर्ने छ।  

प्रकाशित: ७ चैत्र २०७९ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App