१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

कारबाही पछि एमाले झापाकी उपसचिव श्रेष्ठले गरिन पार्टी परित्याग

नेकपा एमाले झापाकी उपसचिव तथा अधिवक्ता चन्द्र श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुखसमेत रहेकी  श्रेष्ठले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी त्याग गरेको समेत उल्लेख गरिन्।

पार्टी नेतृत्वले आफ्नो क्षेत्र९झापा क्षेत्र नम्बर ३ मा एमालेलाई कमजोर बनाएको आरोप लगाउदै पार्टी परित्याग गरेकी हुन्।

पार्टीभित्र योग्यता, क्षमता, योगदान र निष्टावान नेता कार्यकर्ताहरुको आवाज नसुनिएको समेत श्रेष्ठले आरोप लगाइन्। श्रेष्ठले तत्कालै अन्य पार्टीमा प्रवेश गर्नेबारे केही खुलाइनन्।

उनीसँगै एमाले परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं क्षेत्रीय कमिटी सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका कमिटी सदस्य हवालोदिन मियाँ तथा बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रहिम मियाँ रहेका छन्।

यता नेकपा एमाले झापाले श्रेष्ठलाई गत फाल्गुन १५ गते नै कारबाही गरिसकेको जनाएको छ। नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले स्थानीय र संघीय निर्वाचनमा श्रेष्ठले पार्टीलाई असहयोग गरेकाले उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिसकिएको जानकारी दिए।

प्रकाशित: १९ फाल्गुन २०७९ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App