५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदहरुले बैठक छोडेर हिडेकाे देख्दा ‘इरिटेड’ लाग्छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।  

उनले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्। आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताउनको भनाइ छ। उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन्।  

उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताइन्।

उनले भनिन्, ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ। मलाई दु:ख लाग्छ। घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन। म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु। मन दिएर, दिल दिएर काम गर्छु। तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दु:ख लाग्छ। भोलि हामीले जनतालाई के उत्तर दिने? त्यस्तो पनि लाग्छ। र मैले कसरी हुन्छ मेरो ठाउँबाट कसरी मैले उहाँहरु सँग साथी जस्तो भएर जनताको कुराहरुलाई हामीले सम्बोधनमा अनुशासित भएर, मर्यादित भएर उठाउने छौँ र विधेयकहरु बनाउने छौँ। कति विधेयकहरु निष्क्रिय बनेको छ।’

प्रकाशित: १६ फाल्गुन २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App