१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवेकशीलको महाधिवेशन माघ २७ मा

विवेकशील साझा पार्टीले आगामी माघ २७ गते महाधिवेशन गर्ने भएको छ। आइतबार पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले आगामी माघ २७ देखि २८ गतेसम्म महाधिवेशन गर्न लागेको जानकारी दिएका हुन्।

‘२०६९ सालमा उज्ज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझसहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ।’

उनले भनेका छन्, ‘हामी न्यायसहित सहभागितामूलक लोकतन्त्र थप संस्थागत गर्न निरन्तर नेतृत्व गर्नेछौं।

गत एक दशकमा हामीले संस्था निर्माण गर्न यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पुर्‍याउन हामी आउँदो माघ २७ देखि २८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौं।’ 

प्रकाशित: १६ माघ २०७९ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App