२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

स्वार्थ नमिल्दा यो सरकार आफैँ ढल्नेछ: कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको बताएका छन्।

कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।

'अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।' उनले भने। 

कांग्रेसले अब  सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए।

'अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबिच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबिचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,' महरले भने, त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बिचमा रहेर काम गर्नुपर्छ।'

उनले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए।

प्रकाशित: १२ माघ २०७९ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App