८ वैशाख २०८१ शनिबार
राजनीति

तेस्रो पटक तोकिएको कांग्रेस केन्द्रिय समिति बैठक फेरी सर्दै

नेपाली कांग्रेसको माघ १५ गतेका हुने भनिएको केन्द्रिय समिति बैठक नहुने भएको छ। कांग्रेसले यो बैठक तेस्रो पटक ताकेको थियो।

कांग्रेसका एक नेताका अनुसार पार्टीको सबै शक्ति राष्ट्रपति पदको निर्वाचनमा केन्द्रित गर्नुपर्ने अवस्था आएकाले हाललाई पार्टीका कुनै पनि औपचारिक बैठक नगर्ने सहमती नेताहरुबीच भएको छ।

उनले नागरिक न्यूजसँग भने, ‘पार्टी केन्द्रीय समितिको बैठक पनि राष्ट्रपति निर्वाचन अघि नबस्ने नेताहरुबीच समझदारी बनेको छ।’ राष्ट्रपतिमा कांग्रेसले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु मध्यबाट अघि सार्ने तयारी गरेको छ।

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षाका साथै पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले माघ १५ गतेका लागि मिति तोकेको छ। तेस्रो पटक तोकिएको उक्त मितिमा पनि केन्द्रीय समिति बैठक नबस्ने ती नेताको दाबी छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार साँझ बैठक केहीदिन सार्ने की भन्ने कुरा चलेपनि निर्णय भइनसकेको बताएका थिए।

प्रकाशित: ११ माघ २०७९ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App