८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस प्रदेशसभाका मुख्यमन्त्री यादवलाई सबै सांसदले दिए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन। उनलाई प्रदेशसभामा उपस्थित सबै दलका  सांसदले विश्वासको मत दिएका छन्।  

प्रदेशसभामा १० वटा राजनीतिक दल र  स्वतन्त्र सांसदसहित १०२ सांसदले विश्वासको मत दिएका छन्। मतदान प्रक्रियामा १०२ सांसदको उपस्थित थिए।प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन पाएका छन्।

यादव पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जसपा संसदीय दलका नेता तथा मुख्यमन्त्री यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको सहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन्।मुख्यमन्त्री यादव बारा निर्वाचन क्षेत्र १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।  

प्रकाशित: ४ माघ २०७९ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App