१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेका घिमिरेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिए

फाइल तस्बिर

नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएका छन्।

आज बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरका थिए। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाँण्डे ,राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले  समर्थन गरेका थिए। प्रतिनिधिसभामा सभामुखको निर्वाचन माघ ५ गते (भोली) हुँदैछ। प्रतिनिधिसभा बैठक पनि भोली बिहान ११ बजेका लागि बोलाइएको छ।

एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभामा निर्वाचित भएका हुन। हाल एमाले प्रदेश नम्बर १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी  २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए।  

प्रकाशित: ४ माघ २०७९ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App