२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

टुङ्गियो मन्त्रालयको भागबन्डा, भोलि नै सपथ ग्रहण हुने

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

उनले भने, 'कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर भोलि आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ।' उनका अनुसार भोलि नै सपथ ग्रहण कार्यक्रम हुनेछ।

आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो।

प्रकाशित: २ माघ २०७९ १६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App