२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दलको बैठक सुरु

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो। ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए।

उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताएका थिए।

प्रकाशित: २ माघ २०७९ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App