२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

पोखरा विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

फाइल तस्बिर।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।

काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो। सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले लेखेकी छिन् 'यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।'

उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए। विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो।

प्रकाशित: १ माघ २०७९ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App