२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसलाई सहमतिमा लिने मनस्थितिमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पदका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने भएका छन्। विश्वासको मत दिएको नेपाली काँग्रेसलाई पनि सँगसँगै लैजाने मनस्थितिमा उनी पुगेका छन्।

उनले माघ ३ गते मंगलबार सर्वदलीय बैठक बोलाउने निर्णय भएको जानकारी दिएका छन्। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको भेटघाटमा उक्त जानकारी दिएका हुन।

उनले नेपाली काँग्रेसले पनि आफूलाई समर्थन गरेर विश्वासको मत हालेपछि परिस्थिति अलि बद्लिएको बताए।

‘विश्वासको मत हाल्ने बीचमा किन सहमति गरेर अघि नबढ्ने भनेर सर्वदलीय बैठक ढाँकिएको हो’, उनले सम्पादकहरुको छलफलमा भने, ‘मत दिइसकेपछि एक पटक सबैसँगै सहमति गरेर अघि बढ्नुपर्ने मेरो जिम्मेवारी पनि हो।’

प्रधानमन्त्री दाहालले सरकार बनाउन राष्ट्रपति कहाँ जाँदा पहिले एक थरीको समर्थन लिएर गएको र पछि काँग्रेसले पनि समर्थन गरेकाले सहमतीमै जाँउ भन्ने लागेको उल्लेख गरे।

‘समग्रमा अहिले कुनै पनि बिषयमा निर्णय भइसकेको छैन, त्यसैले सर्वदलीय बैठक बोलाएर छलफल गरिनेछ’, उनले भने।

प्रधानमन्त्री दाहालले आगामी सोमबारसम्म मन्त्रीपरिषद् विस्तार हुने जानकारी पनि दिए। ‘यस बिषयमा केपी जीसँग छलफल पनि भइसकेको छ, सोमबारसम्म मन्त्रीपरिषद् विस्तार हुन्छ’, उनले भने।

प्रकाशित: ३० पुस २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App