२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दलहरुको बैठक आज बस्दै

मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक दिउँसो ३ बजे  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिए पछि बोलाईएको यो बैठकमा सत्तासाझेदार दलहरु विच मन्त्रालयको बाँडफाँड लगायतका विषयमा छलफल हुने बताइएको छ। पुस १० गते एमाले सहित ७ दल र केही स्वतन्त्र सांसद सहित १६९ जनाको समर्थनबाट प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६गते विश्वासको मत भने प्रमुख प्रतिपक्ष नेपाली काग्रेस सहित १० दल र स्वतन्त्र सांसद सहित २६८ जनाबाट प्राप्त गरेका थिए।  

प्रधानमन्त्री दाहाल संसदमा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा व्यस्त भएका थिए।हिजो मात्रै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल   एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफलमा जुटेका थिए। 

प्रकाशित: २८ पुस २०७९ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App