६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज राजेन्द्र सिङ रावल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख देवराज जोशिले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

 रावललाई २९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीका लागि समर्थन गरेका छन्। प्रदेशप्रमुख जोशिले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न दिएको समयावधी बुधबार साझ ५ बजे सकिनुभन्दा केही समय अघि रावलले  नेकपा एमालेको १०, नेकपा माओवादी केन्द्रको ११, नागरिक उन्मुक्ती पार्टीको ७, राप्रपाका १ गरेर २९ प्रदेश शभा सदस्यको समर्थनमा मुख्यमन्त्रीका लागि दावी गरेका थिए। 

मुख्यमन्त्री दावी पेश गर्दा समर्थन गर्ने सांसद, नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टसहित नेताहरुको पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थिती रहेको थियो।  

५३ सदस्य रहेको प्रदेश शभामा सरकार बनाउन २७ प्रदेश शभा सदस्य आवश्यक पर्छ।

प्रकाशित: २७ पुस २०७९ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App