८ पुस २०८१ सोमबार
image/svg+xml ७:३९ पूर्वाह्न
राजनीति

काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए।उनले भने, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ। त्यो बेला पनि त्यसबेलको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ।

त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ। बोलेरै भोट हालेका छौँ।’ 

उपसभापति खड्काले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित रहेको पनि बताए।

प्रकाशित: २६ पुस २०७९ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App