२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसको विश्वासको मतमा अध्यक्ष ओलीको कटाक्ष: यो समर्थन जाल हो भने...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतमा समेत ‘आशंका’ व्यक्त गरेका छन्।

मंगलबार प्रधानमन्त्री दाहालले संसदको रोष्टमबाट विश्वासको मत मागिसकेपछि आफ्नो धारणा राख्ने क्रममा उनले भने, ‘यदि यो समर्थन जाल हो भने त्यो जाल माछा नभएको खोलामा फ्याके जस्तो हुनेछ। ढाेक्सा थापे पनि त्यसमा कुनै माछा मर्नेवाला छैन।’ अध्यक्ष ओलीले यस लगत्तै भने, ‘तर मैले विश्वास गरे।’

उनले संसद विघटनको कुरालाई लिएर काँग्रेस सभापति देउवाले आफूलाई हमला गरेको समेत भन्न छुटाएनन्। अध्यक्ष ओलीले भने, ‘शेरबहादुर जीले विगतमा के गर्नू भएको भनेर हेर्‍या हो। उहाँलाई गुरु मान्दा खेरी हमला। मैले मेरो मित्रलाई सम्झाएको मात्र हो।’

सभापति देउवाले विगतका विभिन्न कालखण्डमा संसद विघटन गरेको कुरा पटक÷पटक कोट्याएका थिए। ‘संसदीय प्रणालीमा संसद विघटन हुन्छ। बेलायत, इण्डियामा पनि भइरहेका छन्’, अध्यक्ष ओलीले भने।

काँग्रेसले २०५१ मा र तत्कालीन राजा महेन्द्र २०१७ मा संसद विघटन गरेको कुरा उल्लेख गरेका थिए।

प्रकाशित: २६ पुस २०७९ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App