२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले लिए शपथ

मुख्यमन्त्री जम्मकट्टेललाई शपथ गराउँदै प्रदेश प्रमुख यादवचन्द्र शर्मा ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको सपथ लिएका छन । माओवादी केन्द्र संसदीय दलका नेता जम्मकट्टेललाई मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराका हुन् । उनी सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन। 

मुख्यमन्त्री जम्मकट्टेलले सानो आकारको मन्त्री मन्डल विस्तार गरेका छन।मुख्यमन्त्री दावी गर्दै आएका सत्ता साझेदार दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ९जेएन० ले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दल नेता उद्धब थापाले विना विभागिय मन्त्रीको शपथ लिएका छन् । जम्म्कट्टेलले सोमबार ७० जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

उनलाई माओवादी केन्द्रसहित एमाले, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।बागमतीमा माओवादीको २१, एमालेको २७, राप्रपाको १३, नेकपा एस ७ र हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन।  

प्रकाशित: २६ पुस २०७९ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App