२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीको दाबी

प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्। 

आइतबार दिउँसो प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन्। कार्कीले प्रदेश सभाका ६० जना सदस्यको हस्ताक्षरसहित मुख्य मन्त्रीमा दाबी पेश गरेका छन्। 

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ। प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन्।

प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए।

मुख्यमन्त्रीको शपथ भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ पुस २०७९ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App