१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्बिर

माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने बैठकमा अन्य विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुँने बताइएको छ।

सात दलीय गठबन्धनमा लोसपा आवद्ध छैन र उसले सरकालाई समर्थन पनि गरेको  छैन। यस अघि लोसपा पाँच दलीय गठबन्धनमा आबद्ध रहेको थियो। माओवादी केन्द्र पाँचदलीय गठबन्धनबाट बाहिरिएर एमाले सहितको सात दलीय गठबन्धनमा सामेल हुँदै सरकारको नेतृत्वमा रहँदा पाँच दलका अन्य गठबन्धन यथावद रहेका छन।

 महन्त ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले अहिले सम्म वर्तमान सरकारको बारेमा सार्वजनिक धारणा व्यक्त गरेको छैन। संसद्को पहिलो बैठक भोलि  बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सि पुस २६ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ।  

प्रतिनिधिसभामाको प्रत्यक्ष तर्फ ४ सिट मात्र जितेको  लोकतान्त्रिक समाजवादी पार्टी लोसपो ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्टिय पार्टी बन्न सकेको छैन। 

प्रकाशित: २४ पुस २०७९ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App