coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो दिनको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई र पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेस गरेका छन् । बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो दिनको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई र पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेस गरेका छन् । बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।  

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरूले नाम टिपाएका छन्। आज २७ जना नेताहरूले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्। आज बोल्ने अधिकांश वक्ताहरूले निर्वाचनको निर्मम समीक्षा हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका छन्। निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरूले तर्क राखेका छन्। बाँकी एजेन्डामाथि भोलि छलफल हुनेछ।  

प्रकाशित: १८ पुस २०७९ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App