१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारमा सहभागी गराउने भए ‘स–सम्मान’ औपचारिक पत्र पठाउः नेता खनाल

नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने इच्छा भए ‘स–सम्मान’ औपचारिक पत्र पठाउनुपर्ने उल्लेख गरेका छन्। 

नेता खनालले समाजवादीको आइतबारको स्थायी कमिटी बैठकमा आफ्नो लिखित विचार व्यक्त गर्दै भनेका छन, ‘सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्टीलाई सहभागी गराउने इच्छा भएमा स–सम्मान औपचारिक पत्र पठाउनुपर्छ।’

उनले उक्त पत्रको सारतत्वलाई हरेर पार्टीको अधिकारिक निकायले संस्थागत छलफल गरेर निर्णय गर्ने उल्लेख गरेका छन्। ‘सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय गर्नुभन्दा पहिले यो सरकारका नीति, कार्यक्रम र उद्देश्य के हुनेछन? हाम्रो प्रस्तावहरु के हुने छन? हाम्रो प्रस्तावलाई सरकारले मान्छ कि मान्दैन? शक्ति बाँडफाँडको कुरा के हुन्छ? हाम्रो बटमलाइन के हुन्छ? त्यो बटमलाइन सहितको छ बाँडफाँडलाई सरकारले मान्छ कि मान्दैन? यो सरकारले आफूलाई बाम सरकारका रुपमा रुपान्तरण गर्न मान्छ कि मान्दैन? जस्ता प्रश्नहरूको समुचित ढंगले समाधान गर्नुपर्छ’, नेता खनालले भनेका छन्।

साथै उनले वामपन्थीहरुका बीचमा गठबन्धन आवश्वक रहेको बताएका छन्। ‘पाँच दलिय गठबंधन तोडिसकेपछि वामपन्थीहरुका बीचको गठबन्धन आजको आवश्यकता थियो र छ। त्यो सम्भव थियो। त्यो आजको आवश्यकता र औचित्य अनुरुप पनि हुने थियो’, नेता खनालले भनेका छन्, ‘त्यसले हिजोको दुईतिहाइको बहुमतको सरकारले गर्न नसकेका वा नचाहेका कुरालाई पनि लागू गर्दै अघि बढ्न सक्थ्यो। त्यस्तो सरकार बनाउन सकेको भए आम जनतामा नयाँ आशा, विश्वास र उत्साह पनि सिर्जना हुने थियो।’ उनले सरकार गठनमा शंका व्यक्त गर्दै भनेका छन, ‘तर जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ त्यसले जनतामा शंका, अविश्वास र निराशालाई बढाइरहेको छ। त्यसैले यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्र्टी लालायित हुन जरुरी छैन। बामपंथी एकताको सरकार बन्ने स्थितिमा हाम्रो पार्टी स्वतःत्यसमा सहभागी बन्ने संभावना आउन सक्छ।’ त्यसो त नेता खनालले वामपन्थी एकता आमजनता र मुलुकले माग गरेको कुरा रहेको बताएका छन्।  

यस्तो छ खनालको लिखित विचार

प्रकाशित: १८ पुस २०७९ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App