८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

तस्बिर रासस

नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका  छन।  

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान मात्रै  बालुवाटार छोडेर  भाडाको घरमा सरेकाले दाहाल  आज साँझ निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सरेका  हुन।

यस अघि पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार सपथ लिएका थिए। उनी आज साँझ बालुवाटार प्रवेश गर्दा पुजापाठ समेत भएको थियो।  

प्रकाशित: १३ पुस २०७९ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App