४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक पुस १७ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक पुस १७ गते बस्ने भएको छ। प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने सोमबार बसेको प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।

प्रदेश १ सरकारका प्रवक्ता उपेन्द्र घिमिरेले मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश १ को प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १७ गते दिउँसो १ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बताए।

प्रदेश १ का नव निर्वाचित प्रदेशसभा सदस्यहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

प्रकाशित: ११ पुस २०७९ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App