२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनाङमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ।

हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

 मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।  

उनका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ। राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ छ।

मनाङमा प्रतिनिधिसभा तर्फ चार हजार आठ सय ४५ मत खसेको थियो भने प्रदेशसभा १ मा दुई हजार दुई सय १० मत खसेको थियो। प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान भएन। रासस

प्रकाशित: १५ मंसिर २०७९ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App