६ वैशाख २०८१ बिहीबार
राजनीति

गगनलाई लक्षित गर्दै डा. कोइरालाले भने- बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने हैन

विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसक नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबै भन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।  

डा. कोइारालाले सत्ता गठबन्धनका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसँगै अन्य साना दलहरू पनि  नयाँ सत्ता समिकरणमा थपिन सक्ने बताए। उनले भने ‘गठबन्धनका मुख्य दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकिकृत समाजवादीसँगै केहि साना दलहरू पनि सरकारमा आउने संभावना छ।’ कोइरालाले नेपाली कांग्रेसमा प्रधान्मन्त्री को हुने भन्नेबारे विषय संसदीय दलको निर्वाचन पछि मात्रै थाहा हुने स्पष्ट पारे। उनले भने‘अब, त नम्बरको खेलको संसदीय दलभित्र जसले बहुमत पुर्‍याउन सक्छ उहि नेपाली कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री पनि हुने हो।’ कोइरालाले प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ की हुनुहुन्न? भन्ने पत्रकारहरूको प्रश्नमा संसदको संख्यामा निर्भर रहने भएकाले काठमाण्डौं पुगेपछि सभापति र अन्य नेताहरूसँग छलफल गरेरमात्रै जवाफ दिने बताए।  

कांग्रेसका महामन्त्री गगनथापालाई प्रधानमन्त्री बनाउने चर्चाको विषयमा कोइरालाले  हल्ला गरेर चाहना गरेर मात्रै प्रधानमन्त्री हुन नसकिने स्पष्ट पारे। ‘ बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने चाहना गरेर मात्रै प्रधानमन्त्री हुने हैन ’ कोइरालाले भने ‘संसदमा बहुमत पुर्‍याउनुपर्छ।’ अबको मुख्य एजेण्डा शुसासन भएकाले शुसासन विना देश चल्न नसक्ने स्पष्ट पारे। उनले भने ‘भ्रष्टाचारका कारण देश धरासायी भएको छ। भ्रष्टाचार न्यूनिकरण र शुसासन अबको सरकारको प्राथमिकता हुनुपर्छ।’ कोइरालाले विराटनगरलाई राजनीतिक राजधानीका लागि पुनःस्थापित गर्ने दाबी पनि गरे।  

प्रकाशित: १५ मंसिर २०७९ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App