२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

धनुषा ३ (क) प्रदेशसभा सदस्यमा दोस्रोपटक विजयी भए कांग्रेसका रामसरोज

धनुषा ३ को (क) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राम सरोज यादव विजयी भएका छन्। रामसरोजले निकतटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका जितेन्द्र कुमार यादवलाई ३ हजार ५ सय ७० मन्तातरले पराजित गरेका हुन्।

विजयी कांग्रेसका रामसरोजले १७ हजार २९ मत प्राप्त गरेका छन् भने जसपाका जितेन्द्रले १३ हजार ४ सय ५९ मत ल्याएका छन्।जनमत पार्टीका प्रसन्न कुमार झाले ७ हजार १ सय ८६ मत ल्याएर तेस्रो भए। त्यस्तै  नेपाल संघीय समाजवादीका मो.अजिज राइनले १ हजार ३ सय ९७ मत ल्याएका छन्। 

यस क्षेत्रमा अघिल्लो ०७४ निर्वाचनमा पनि कांग्रेस राम सरोजले विजयी भएका थिए। रामसरोज पहिलो संविधानसभामा समानुपातिक सदस्य थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सदभवना पार्टी संजय साह (टकला) सँग पराजित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App