७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र नेम्बाङ मतपरिणाममा अघि–पछि भइरहेका छन्।  

माङ्सेबुङ, चुलाचुली र माई नगरको वडा ६, ७, ८ को गणना सकिँदा सकिँदा नेम्बाङले ९ हजार ९ सय ८३ मत ल्याएका छन्। खड्काको ८ हजार ७ सय २५ मत आएको छ। चुलाचुली वडा १ को गणना सुरु गर्दासम्म खड्का नेम्बाङभन्दा ३ सय १ मतले अघि थिए। अब यो क्षेत्रका इलाम नगरपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको मतगणना बाँकी छ। फाकफोकथुम १ को गणना सुरु भएको छ।  

क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।  

प्रकाशित: ७ मंसिर २०७९ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App