१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई उछिनेका छन्।  

साँझ ६ बजेसम्ममा नेम्बाङ खड्काभन्दा ३ सय १ मतान्तरले पछि परेका छन्। आज साँझ ६ बजेसम्म ९ हजार ९ हजार ३ सय ४ मत गणना सकिँदा  खड्काको ३ हजार ७ सय ५६ र नेम्बाङको ३ हजार ४ सय ५५ मत आएको छ।  

अहिले यो क्षेत्रको माङ्सेबुङ गाउँपालिकाको सबै र चुलाचुली गाउँपालिका वडा १ को गणना सकिएको छ। अब चुलाचुलीका अन्य वडा, माई नगरका वडा ६, ७, ८, इलाम नगरपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको गणना बाँकी छ।

क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।  

प्रकाशित: ६ मंसिर २०७९ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App