१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोकर्णेश्वरमा ९२ वर्षीया वृद्धाद्वारा मतदान

विसं २०१५ को संसदीय निर्वाचनदेखि निरन्तर मतदान गर्दै आएकी ९२ वर्षीया इन्द्रकुमारी भण्डारीले आज पनि मतदान गरेकी छिन्।

भण्डारीले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका–१ को रामजानकी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मत खसालेकी हुन्। उनले २०३० सालसम्म बालुवा गाउँ पञ्चायतमा मतदान गरेकी थिईन्। विसं २०३० देखि भने उनले तत्कालीन नयाँपाटी गाउँ पञ्चायत हालको गोकर्णेश्वर नगरपालिका–१ मा मतदान गर्न थालेकी हुन्।  

विगत ६५ वर्षदेखि नियमित मतदान गर्दै आउनुभएकी भण्डारी जनप्रतिनिधिका कामबाट भने धेरै सन्तुष्ट हुनुहुन्न। अब निर्वाचित हुने जनप्रतिनिधिले भने राम्रा काम गरे आफू खुसी हुने उनको भनाइ छ। ‘विकास निर्माणका काम राम्रा हुन्, भावी सन्ततिले सहजरूपमा जीवनयापन गर्ने वातावरण बनोस्, मेरो यही कामना छ’, भण्डारीले भने।

प्रकाशित: ४ मंसिर २०७९ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App