१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन्।  

आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन्।  

उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए। आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरुको उपस्थिति कम पाएको बताए। उनले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए। 

प्रकाशित: ४ मंसिर २०७९ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App