टुंडिखेलमा गौराको रौनक (फोटो फिचर)
सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाएका छन्। राजधानी काठमाडौंमा पनि टुंडिखेलमा विषेश कार्यक्रम गरेर गौरा पर्व मनाइएको छ।
सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाएका छन्। राजधानी काठमाडौंमा पनि टुंडिखेलमा विषेश कार्यक्रम गरेर गौरा पर्व मनाइएको छ।
श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिमा विशेष पूजा हुने गर्छ। कृष्ण मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पुगेर पूजा-आरधना गरेकी छन्। उनी आइतबार अपराह्न पाटन पुगेर मन्दिरमा दर्शन गरेकी हुन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ। सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ।
गाइजात्राको पर्सीपल्टदेखि सुरु भएको भक्तपुरको बोडेमा मनाइने निलबाराही नाच बिहीबार सम्पन्न भएको छ।यो नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल क्षेत्रपाल र गणेशसहितका देवगणको नृत्य प्रस्तुत गरिन्छ।
विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज (साेमवार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको राजधानी काठमाडौं सिंगारिएको छ। बिमस्टेक सम्मेलन १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्।
आइतवार जनैपूर्णिमाका अवसरमा पशुपति क्षेत्रमा बेग्लै रौनक छ। जनै लगाउन हजारौ मानिसहरुको ओहोर दोहोर छ। घरमा आफन्तजन वा पुरोहितबाट जनै नलगाउनेहरु पशुपति लगायत अन्य मन्दिर जाने गर्छन्। पशुपतिमा जनै फेराउन सयौ पण्डितहरु लामबद्ध भएर बसेका छन्। यहि भिडमा भेटिए सम्भवतः कान्छा ब्राम्हण रिजन भट्टराई।
जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंको पशुपती र ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन बानेश्वर पुगेको थियो। उनीहरुले सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ जस्ता प्ले कार्ड प्रदर्शन गरे।
चाँगुनारायणबाट हनुमान ढोकामा कलश यात्रा आइपुगेको छ। चाँगुदेखि मुलपानी, बौद्ध, चावहिल, डिल्लीबजार, रानीपोखरी हुँदै हनुमान ढोका दरबारमा कलश यात्रा हुने गर्छ। कलशको राष्ट्र प्रमुखले दर्शन गर्ने चलन रहँदै आएको छ।
बिहीवार दिउसो पुतलीसडक क्षेत्रको सडक किनारको नाली व्यवस्थित पार्न मजदुरले गरेको काम क्षण भरमै भेलले बगाइदियो।
देशव्यापी करवृद्धिको आतंकविरुद्ध राजधानीमा प्रदर्शन भएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शन शान्तिवाटिकाबाट रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका फर्केर कोणसभामा परिणत भएको थियो।
आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि काठमाडाैंकाे नागपाेखरीमा पुजा अर्चना गरी मनाइएकाे छ।
साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ। साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्। साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दैछन्।
असन काठमाडौंकै पुरानो व्यापारिक थलो हो। १९ औं शताब्दी अघि सम्म यो ठाँउमा भारत र तिब्बतका व्यापारिहरु भेला हुने गर्दथे। काठमाडौंका नाम चलेका सपिङ मल र कम्पलेक्सहरुमा नपाइने सामग्रीहरु समेत यहाँ सजिलै उपलब्ध हुने भएकाले मानिसहरुको भिड यहाँ बाक्लै लाग्ने गर्दछ।
नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ।
नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाएका छन्। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।
आज (विहिवार) २४ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ।
खोकना ललितपुरको पुरानो बस्ती हो। खासगरी खोकना तोरीको तेलको लागि प्रख्यात छ। यहाँको मुख्य पेशा कृषि हो। उब्जाउ भूमी रहेको यो खोकना सहरको कोलाहलबाट टाढैछ। आकासे पानीकै भरमा यहाँको कृषिकर्म चलिरहेको छ। खोकना यतिबेला हरियो धान फाँटले अझै सुन्दर देखिन्छ। कृषकहरु खेतमा काम गरिरहेको दृष्य अझै मनमोहक लाग्छ।
देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध -याली निकालिएको हो।
भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।
साउन बोलमबमको महिना पनि हो। श्रावणी मेलाको रुपमा पनि यसलाई चिनिन्छ। पशुपति र चितवनको देवघाटमा लगायतका क्षेत्रमा बोलबम मेला भर्नका भक्तजन आउने गर्छन्। आज सोमबार पशुपतिनाथ बोलबम मेला भर्न आएका भक्तजनले खचाखच रह्यो। भक्तजनले सुन्दरी जलबाट पवित्र जल ल्याएर पशुपतिमा चढाउने गर्छन्।
नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।