लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर )
लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आज राष्ट्र बैंक घेराउ गरेको छ। समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।
लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आज राष्ट्र बैंक घेराउ गरेको छ। समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।
मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।
दिवंगत सीता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।
काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्।
मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन्।
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
युनियनले शुक्रबार माइतीघर मण्डलामा नयाँ शिक्षा ऐन जारी गर,शिक्षा आयोगको प्रतिवेदन सार्वनजिक गर भन्दै प्रदर्शन गरेको हो।
जुम्लाको सदरमुकाम खलंगादेखि करिब एक घण्टाको सडक यात्रा पश्चातपछि पातारासी गाउँपालिका-७ मा अवस्थित खाली पाटनमा पुगिन्छ। सदरमुकाम खलंगा,उर्थु बजार र पट्मारा गाउँ हुदै सडक जान्छ। त्यो पाटन साविकको पट्मारा गाविस र अहिलेको पातारासी-७ वडा पर्छ खाली पाटन। यस पाटनको नाम नै 'खाली पाटन' हो।
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेकवर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवद्र्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो। पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका छन्।
साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइएको छ।
दक्षिण एशियामै पहिलोपटक पोखरा फेवातालमा शुक्रबारदेखि ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। पोखरामा भएको यो फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा पर्यटन व्यावसायीको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका नेताहरू सहभागी भएका छन्।
देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै धान रोप्ने चटारो सुरु भएको छ। यतिबेला ललितपुरको खोकनाका किसानहरु धान रोप्न व्यस्त छन्।
मंगलबार माइतीघरमा आन्दोलनरत नागरिकता पीडितहरुले निषेधित क्षेत्र प्रवेश गर्न खाजेपछि प्रहरीसंग झडप भएको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।
आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै ९२ हजार किलोग्राम गोलभेँडा सडकमा फालेका हुन्।
आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गर्दै उनीहरुको प्रदर्शनमा उत्रिएका हुन्।
मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ।
काठमाडौंमा आज जुन महिनाको दोस्रो शनिवार गौरव यात्राको आयोजना गरिएको छ। सबै समूहका युवा युवतिहरु शान्ति बाटिकामा जम्मा भई यात्रा नारायण चौरमा गएर कार्यक्रममा परिणत भएको थियो।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ।
भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले प्रदर्शन गरेको छ।