मध्यपूर्वमा हिजोदेखि सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू एअरपोर्टमै अलपत्र परेका छन्। हिजो दिउँसोदेखि मध्यपूर्वको सबै फ्लाइट बन्द हुँदा यात्रुहरू एअरपोर्टमै अलपत्र परेका छन्।
‘सिरहा जिल्लाबाट म हिजो बिहान काठमाडौं आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एअरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो। एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ। अब काठमाडौंमा बस्नको लागि पुग्ने एक दिनको खर्च मात्रै ल्याएको थिएँ, अब के गर्ने केही थाहा छैन। अलपत्र परिएको छ।’ कतार जान लागेका परमेश्वर शाहले बताए।
आइतबार बिहान पनि मध्यपूर्व जाने विमानहरूको फ्लाइट क्यान्सिल नै देखाइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द छन्। सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण विमानस्थलबाट मध्यपूर्वको सबै फ्लाइट बन्द छ।



















प्रकाशित: १७ फाल्गुन २०८२ ०९:३६ आइतबार





