१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

अन्तरिक्षबाट कस्तो देखिन्छ पृथ्वी?

अन्तरिक्ष यात्रामा फोटोग्राफीको पक्ष सधैँ महत्वपूर्ण रहन्छ। अन्तरिक्ष यात्रीले खिचेका तस्विरको सहयोगले मान्छेले हजारौं माइल टाढा भएको रहस्यबारे थाहा पाएका थुप्रै उदाहरण छन्।अन्तरिक्ष यानबाट तस्विर लिने काम आफैँमा खेलाँची कुरा हैन। अन्तरिक्ष यान बन्दूकबाट निस्केको गोली बराबरको रफ्तारमा घुमिरहेको हुन्छ । यस्तो अवस्थामा एकाग्रता तथा कौशल देखाएर धेरैभन्दा धेरै तस्विर खिच्न सहज हुँदैन।

अमेरिकाका डन पेटिट एकजना रासायनिक इन्जिनियर हुन्। नासाका अन्तरिक्ष यात्री उनले इन्टरनेशनल स्पेस स्टेशनबाट पृथ्वीका थुप्रै तस्विर लिएका छन्। अहिलेसम्म उनले कूल मिलाएर एक वर्षभन्दा बढी समय इन्टरनेशनल स्पेस स्टेशनमा बिताइसकेका छन्। उनले खिचेका १२ लाख तस्विर १४ वर्षको अवधिमा अन्तरिक्षबाट जुटाइएका वैज्ञानिक सबुत प्रमाण सामग्री हुन्।

हालै उनको अन्तरिक्षको फोटोग्राफीमाथि स्मगमग फिल्म्सले एक भिडियो सार्वजनिक गरेको छ।

पेटिटले कुन अन्दाजले अन्तरिक्षबाट पृथ्वीमा भएका घटनालाई क्यामेरामा कैद गरे? रातको समयमा पृथ्वीका सहरहरु कस्ता देखिन्छन्? भन्ने तथ्यका लागि उनले खिचेका तस्विरहरु प्रमाण सामग्री हुन्।


डनले पृथ्वीको बाहिरी बायुमण्डललाई पनि आफ्नो क्यामेरामा कैद गरेका छन्। त्यसलाई वैज्ञानिकहरु एयरग्लो भन्ने गर्छन्। 'अन्तरिक्षबाट सही समयमा हेर्ने हो भने हरियो रंगको चमक विशेष रोशनीयुक्त देखिन्छ', उनी भन्छन्।

इन्टरनेशनल स्पेस स्टेशन रहँदा उनले पृथ्वीको तस्विर लिने भिन्नभिन्न तरिका खोजी गरेका थिए। साँच्चै भन्ने हो भने अन्तरिक्षबाट पहिचान गर्न सकिने सबै किसिमका चिजको तस्विर खिच्न उनले भ्याएका छन्। उनले ल्याएका सबै जानकारीलाई स्याटेलाइट प्रोग्रामिङ गरेर तिनको सहयोगमा अझ बढी तस्विर लिन सकिन्छ। उनले खिचेका तस्विरहरुलाई अर्को अन्तरिक्ष यानबाट प्राप्त डाटासँग मलिाएर हेर्न सकिने वैज्ञानिकहरु बताउँछन्।

'रातमा पृथ्वीको तस्विर खिच्नु मेरो स्वखको विषय थियो', उनी भन्छन्, उत्तरको ज्योति देख्नु निकै गजबको विषय हो। यसबाहेक रातको समयमा शहरलाई हेर्नु निकै रोचक पक्ष हो।'

बुलेटभन्दा तीब्र गति

इन्टरनेशनल स्पेस स्टेशनबाट फोटो लिनु एउटा चुनौतीपूर्ण काम हो। त्यहाँ केही झ्यालहरु यस्ता छन् जहाँबाट तस्विर लिन सकिन्छ। धेरै ठाउँ प्राविधिक उपकरण तथा सोलार प्यानलका राखिने हुनाले फोटो लिन धेरै ठाउँ भने हुँदैन। झ्यालमा ६ देखि ८ वटा क्यामेरा राख्न मिल्छ। राम्रो कुरा यो हो कि त्यहाँबाट फोटो लिन ट्राइपडको जरुरत पर्दैन।

'तपाइँ ८ किलोमिटर प्रतिसेकेन्डको गतिमा हिँडिरहनुभएको हुन्छ जो बुलेटको गतिभन्दा छिटो हो। पृथ्वीको गति पनि तीब्र हुनेगर्छ', उनी भन्छन्। अन्तरिक्षबाट हेर्दा पृथ्वी गजब राम्रो देखिने उनको अनुभव छ। एक हेराइमा आधा महाद्विपमाथि नजर गर्न सकिने उनको अनुभव छ।

तस्विर: डन पेटिट/नासा। शब्द: बीबीसी

space1

space2

space3

space4

space5

space6

space7

space8

space9

space10

space11

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App