coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

विराटनगरमा होलीको उमंग (फोटोफिचर)

विराटनगरमा होली पर्व मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि होली पर्व खुलेर मनाउन पाएका थिएनन्।

यस वर्ष संक्रमण गत वर्षको जस्तो नफैलिएको हुँदा मोरङमा होली पर्व विना माक्स खुलेरै मनाएका थिए। तराईमा होलीलाई विशेष पर्वका रूपमा लिइन्छ। कोरोना संक्रमण फैलने डरले गत वर्ष होली नमनाएका सर्वसाधारणले यस वर्ष मस्त मनाएका छन्।

यस पटक अवस्था सामान्य बन्दै गए पनि विगतका वर्षको जस्तो विराटनगर क्षेत्रमा होलीको रौनक देखिएन। अवस्था सामान्य हुँदा विराटनगरमा होलीको विशेष कार्यक्रम भए। होलीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा व्यापकरुपमा प्रहरी परिचान गरेको मोरङ प्रहरीले जनाएको छ।

होलीमा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटनालगायत शान्ति सुरक्षाका लागि ट्राफिक र जनपथ प्रहरीले चोक चोकमा चेकिङ गरेका थिए। यस्तै मोरङमा होली पर्वको दिन मादकपदार्थ सेवन गरी उश्रृङख्ल गतिविधिमा संलग्न भएका १० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ।

होली पर्वका दिन मोरङ जिल्लामा मादकपर्दाथ सेवन गरी सवारी चलाएकामध्ये ४ सय १३ वटा मोटरसाइकल, २ वटा गाडी, २ वटा सिटी सफारी र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जनाकारी दिए।

उनका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाएका लागि उनीहरुको आफन्तको साथमा छाडिएको र पक्राउ परेकाहरुलाई शुक्रबार नै आफन्तको जिम्मा दिइने छ। विराटनगर महानगरपालिका क्षेत्रभित्रबाट मात्रै करिब २ सय बढी मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ४ चैत्र २०७८ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App