नेपाली सेनाले विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले बिहीबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको हो। समारोहमा सेनाले हेलिकप्टरमार्फत ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको थियो। कार्यक्रममा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाईं, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थिए।
त्यस्तै सेनाले र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सांगीतिक प्रस्तुती पनि दिएका थिए ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित रहेका थिए।
प्रकाशित: २७ फाल्गुन २०७७ ०९:३५ बिहीबार