२ आश्विन २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

सुरु भयो इन्द्रजात्रा (तस्बिरसहित)

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजदेखि सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको हो।

यस जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

तस्बिरमा हेरौँ इन्द्रजात्राका केही झलकहरूः