३० भाद्र २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

गोकर्णेश्वरमा कुशे औँसीको रौनक (तस्बिरसहित)

आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।  

बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ। यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज बिहानैदेखि पितृप्रति सम्मान प्रकट गर्नेहरू भेला भएका छन्।

तस्बिरमा हेरौँ गोकर्णेश्वरमा कुशे औँसीको झलकहरू:

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App