२ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

संरक्षणको पखाईमा कचन कवल (फोटो फिचर)

कोसी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो। 

तर नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखिया पट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रुपमा घोषणा गरिएको छ । तर अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिच्ने  सम्भावना रहने स्थानीयहरू बताउँछन् । भारतको सिमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ)पाइन्छ । 

तापक्रम: गृष्म ऋतु ३६ डिग्री से सम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री से।सम्म ओर्लिन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर)यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ। आजको फोटो फिचरमाअहिलेको कचन कवलको अवस्थाबारेका केही दृश्यहरू । 

प्रकाशित: १९ श्रावण २०८१ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App