८ वैशाख २०८१ शनिबार
फोटो फिचर

क्रिसमसले व्यस्त असन (फोटो फिचर)

काठमाडौं- इसाई धर्मावलम्बिहरुले मात्र नभएर क्रिसमस 'सेलिब्रेसन' अन्य समुदायले  पनि गर्न थालेका छन्। अंग्रेजी नयाँ वर्ष र क्रिसमस डेमा पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज र फेष्टिवल समेत आयोजना भइरहेका बेला भने राजधानीको असन आफ्नै लयमा व्यस्त छ। असनलाई पनि क्रिसमसको व्यापारले छोपेको छ।

'अघिल्लो वर्षभन्दा यो वर्षा आधा व्यापार घट्यो', असनमा व्यापार गर्दै आएकी अनिता श्रेष्ठले भनिन्। उनले हरेक वर्ष क्रिसमसमा क्रिसमसका सामानको व्यापार गर्दै आएकी छन्। उनको पसलमा ५० देखि १५ सय सम्मका फेष्टिभ सामान छन्। जसमा क्रिसमस टोपी र क्रिसमस लुगाको माग धेरै रहेको छ। अर्का व्यापारी सरोग्य तुलाधरले पनि क्रिसमसमा अघिल्ला वर्षको जस्तो व्यापार नभएको बताउँछन्। अघिल्लो वर्ष क्रिसमस ट्रिको व्यापार धेरै हुने भए पनि यो साल टोपी र लुगाको माग बढेको अर्का व्यापारी आसकाजी ज्यापुले बताए।

तर यो वर्ष क्रिसमस टोपीको माग भने धेरै भएको उनीहरुको भनाई छ। केही विद्यालयले क्रिसमसमा क्रिसमस टोपी विद्यार्थीलाई अनिवार्य गरेपछि टोपीको माग अघिल्ला वर्षभन्दा बढी भएको हुनसक्ने मिरा तुलाधर बताउँछिन्। इशाई धर्मावलम्बीले धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन्।   

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App