२७ मंसिर २०८२ शनिबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज : सद्दाम हुसेन पक्राउ परेको दिन

डिसेम्बर १३ को दिन विश्व इतिहासमा केही राजनीतिक घटनाक्रम र साहित्यिक जगतका केही घटनाक्रमहरू भएका छन्। जसको कारण विश्व इतिहासले आजको दिनलाई विशेष स्मरण गराउने गर्दछ।    

सद्दाम हुसेन पक्राउ :
इराक युद्धको क्रममा तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकी सेनाले आजकै दिन उनको गृहनगरमा पक्राउ गरेको थियो। सन् २००३ डिसेम्बर १३ को उक्त पक्राउको घटना इराकको इतिहासमा एक प्रमुख मोड साबित भयो। पक्राउ परेको तीन वर्षपछि सद्दाम हुसेनलाई सन् २००६ मा मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो। जसले गर्दा उनको राजनीतिक जीवनको दुःखद अन्त्य भयो।  

शमूएल जोनसनको निधन :
१८ औं शताब्दीको अंग्रेजी साहित्यका व्यक्तित्वहरू मध्ये एक शमूएल जोनसनको लन्डनमा आजकै दिन मृत्यु भएको थियो। उनको कृतिहरू, विशेष गरी ‘ए डिक्सनरी अफ द इंग्लिश ल्याङ्ग्वेज’ र ‘लाइभ्स अफ द मोस्ट एमिनन्ट इंग्लिश पोएट्स’ ले अंग्रेजी साहित्यमा गहिरो प्रभाव पारेको छ।

प्रशान्त क्षेत्रका लागि चार शक्ति सम्झौता :
वाशिंगटन सम्मेलनको क्रममा संयुक्त राज्य अमेरिका, ग्रेट ब्रिटेन, जापान र फ्रान्सले डिसेम्बर १३, १९२१ मा चार शक्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताको मुख्य शर्तहरू मध्ये प्रशान्त क्षेत्रसँग सम्बन्धित कुनै पनि प्रश्न वा विवादमा यी चारवटै हस्ताक्षरकर्ता राष्ट्रहरूबीच अनिवार्य रूपमा परामर्श हुने बताइएको छ। यसले प्रशान्त क्षेत्रको सुरक्षा र कूटनीतिमा महत्त्वपूर्ण कदमको रूपमा काम गरेको थियो। 

इन्ग्रिड बर्गम्यानको सफल हलिउड पुनरागमन :
अमेरिकी सिनेमाघरहरूमा ‘अनास्तासिया’ नामक फिल्म आजकै दिन रिलिज भएको थियो। १९५६ डिसेम्बर १३ मा रिलिज भएको फिल्मले अभिनेत्री इन्ग्रिड बर्गम्यानको हलिउडको पुनरागमनलाई सोचनीय बनाएको थियो। बर्गम्यानको विवाहेत्तर सम्बन्धले केही वर्षअघि एक ठूलो समस्या निम्त्याएको थियो। जसले गर्दा उनी हलिउडबाट टाढा भएकी थिइन्। तर ‘अनास्तासिया’ मा उनको उत्कृष्ट अभिनयपछि एकेडेमी अवार्ड नै जितेकी थिइन्। जसले उनको प्रतिष्ठालाई पुनः स्थापित गरेको थियो।

प्रकाशित: २७ मंसिर २०८२ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App