२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

यू–१९ एसिया कपः श्रीलंकासँग नेपालको बिर्सनलायक प्रदर्शन

यू–१९ एकदिवसीय एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले निरासाजनक प्रदर्शन गरेको छ। दुबईमा शनिबार सम्पन्न खेलमा ब्याटिङमा फ्लप हुँदै नेपाली टोलीले आठ विकेटको हार ब्यहोरेको छ।  

पहिले ब्याटिङको मौका पाएको नेपाली टोलीका ब्याटर श्रीलंकाली बलरसामू निरीह देखिए । नेपाली युवा टोली २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटिएको थियो।  

नेपाली टोलीलाई सस्तैमा रोक्ने क्रममा श्रीलंकाका सेठमिका सेनेभिरत्नेले ५ विकेट लिए। यस्तै रसिथ निम्सारा, विग्नेश्वर आकाश, दुलनिथ सिगेरा र चमिका हीनाटिगालाले एक–एक विकेट लिएका थिए।  

नेपालका लागि सिब्रिन श्रेष्ठले १८, साहिल पटेलले १२ र निरजकुमार यादवले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक पनि जोड्न सकेनन्।  

त्यसपछि ब्याटिङमा उत्रिएको श्रीलंकाली टोलीले १४ ओभर ५ बलमै दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। श्रीलंकाका ओपनर ब्याटर डिमान्था महाविथानाले ३९ रन र कभिजा गामेजले २४ रन बनाएर टिमलाई जित दिलाए। नेपालका लागि दयानन्द मण्डलले एक विकेट लिए।  

यो एसिया कपमा एसियाका ८ टिम सहभागी छन्। नेपाल समूह ‘बि’मा छ। जहाँ श्रीलंका, अफगानिस्तान, बाङ्ग्लादेश पनि सामेल छन्।  

प्रकाशित: २७ मंसिर २०८२ १५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App