२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

स्याङजाबाट श्रेष्ठ, गुरुङ र रिजालको नाम सिफारिस

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट गोपालमान श्रेष्ठ, धनराज गुरुङ, इन्द्रबहादुर रिजाल लगायतको नाम सिफारिस गरेको छ ।  

जिल्ला कार्यसमितिको बुधबारको बैठकले प्रत्यक्षतर्फ नेपाली कांग्रेस नेता श्रेष्ठ, उपाध्यक्ष गुरुङ र प्रचार विभागका केन्द्रीय सदस्य समेत रहेका रिजालसहित ११ जनाको नाम सिफारिस गरेको हो ।  

यसैगरी कांग्रेस उपसभापति धनराज गुरुङ, राजु थापा, अजित अधिकारी क्षेत्री, मेखलाल श्रेष्ठ, गोबिन्दबहादुर रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना (कुमार) खुमाप्रसाद अर्याल, बन्दना लम्साल र भरतराज ढकालको नाम सिफारिस गरिएको छ ।  

यसैगरी, समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारीलाई सिफारिस गरेको छ । यसैगरी क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस हुनेमा भागवत प्रकाश मल्ल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, शेषकान्ट पुरी, केदार काफ्ले, खुमाप्रसाद अर्याल, विष्णु पौडेल, युवराज पाण्डेय, मोहनप्रसाद पाण्डेय, धुर्व शर्मा पंगेनी, माया राना र श्याम बस्याल रहेका छन् । यसैगरी समानुपातिकतर्फ भुमा शर्मा पाण्डे (महिला), तुलसी नेपाली (दलित महिला), देवकी राना (जनजाति महिला), विमला श्रेष्ठ (जनजाति महिला), लिलबहादुर रनपाल (दलित) र सूर्य माझि (अल्पसंख्यक) लाई सिफारिस गरिएको छ ।

 

 

प्रकाशित: २५ मंसिर २०८२ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App