जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमकिरण बोगटीले रिगल आफैं अदालत उपस्थित भएपछि कारबाही गर्न सजिलो भएको बताए । घटना लगत्तै यसअघि प्रहरीले उनलाई व्यापक रुपमा खोजी गरेपनि पक्राउ गर्न सकेको थिएन् । प्रहरीले रिगललाई 'इन्काउण्टर' गर्न सक्ने खतरा देखेपछि परिवार र आफन्तको दबाबमा उनी अदालतमा उपस्थित भई कानुनी कारबाही भोग्न तयार भएको स्रोतले जनाएको छ । रिगल अदालतमा रहदाँसम्म सोमबार दिनभर मृतक चेतनका परिवार र आफन्तहरु ठुलो संख्यामा उपस्थित भएका थिए । उनीहरुले कडा भन्दा कडा कारबाही गर्न माग गरेका थिए ।
गत असार २८ गते दिन दहाडै नेपालगन्जको धम्बोझी चोक नजिकै २८ वर्षीय चेतनमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्याको अभियोगमा पक्राउ परेका रिगलका सहयोगी ११ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेकोमा उनीहरुलाई यसअघि नै अदालतले केही पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।
रिगल नेपाली काँग्रेस निकट नेपाल तरुण दल बाँके, क्षेत्र नम्बर–३ का अध्यक्ष हुन् । हत्यापछि रिगल काँग्रेस नेताकै संरक्षणमा रहेको आशंका गरिएपनि पुष्टी भएको थिएन् । राजनीतिक आड लिएर उनी लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको जिकिर छ । युवा संघका नगर सदस्य रहेका चेतनको हत्यापछि नेकपा एमालले प्रर्दशन गरेको थियो ।
प्रकाशित: ७ भाद्र २०७२ ०७:३० सोमबार





