पुननिर्माण शुभारम्भको सञ्देश बाँड्न काष्ठमण्डपदेखि खोकनासम्म साउन ३० गते साइकल र्यायली गरियो। खोकना पुननिर्माण तथा पुनस्थापना समिति, ललितपुरले आयोजना गरेको 'राइड काष्ठमण्डप टु खोकना लिंकिङ हेरिटेज' र्यानलीमा डेढ सय भन्दा बढी सहभागि भए। केही विदेशी पनि थिए।
र्यााली खोकना पुगेपछि गाउँ बीचको जितापुर मण्डप पुननिर्माण सुरु गरियो। गाउँलेले खाँबा गाडे। साइकलेले सघाए। प्राचीन वस्ती खोकना ७५० वर्ष पुरानो हो। पहिला डेढ किमि पर्तिर 'कुदेश'मा थियो त्यो बस्ती।
खोकनामा जितापुर मण्डप बनाएर बस्ती बसालिएको थियो। त्यसैले त्यही मण्डप बनाएर पुननिर्माण थालिएको समिति अध्यक्ष श्यामकृष्ण महर्जनले बताए। 'गाइजात्रा अघि नै मण्डप बनाइसक्छौं', महर्जनले भने, 'पछि अरु सम्पदा बनाउनेछौं।'
मण्डप बनाउन १३ लाख रुपैयाँ लाग्ने छ। खोकनाकी चेली चिरमाया महर्जनले माइती गाउँको मण्डप बनाउन ७ लाख रुपैयाँ दान गरेर पुन्य कमाइन्। साइकल र्यािलीबाट एक लाख २८ हजार रुपैयाँ संकलन भएको छ।
खोकना नेवार संस्कृतिको खुला संग्रहालय हो। कार्यविनायक नगरपालिकाको ६ देखि ९ नम्बर वडालाई खोकना भनिन्छ। भकुम्पमा परि त्यहाँका ९ जनाको ज्यान गयो भने ८४४ घर पुर्णरुपमा ध्वस्त बने।
काष्ठमण्डपमा पर्यटनकर्मी अमरबहादुर शाही र शसस्त्र प्रहरीका एआइजि सिंहबहादुर श्रेष्ठले नेपालको झण्डा फर्फराएर र्याकली शुभारम्भ गरेका थिए। साइकलेहरु पवन शाक्य, देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी र सुदिप पौडेलले खोकनाबासीलाई र्या ली गर्न हौसाएका हुन्।
साइकलेहरु बल्खु, चोभार, चाल्नाखेल, बुङमती हुँदै खोकना पुगे। धान गाँजिएकाले खोकनाका खेतमा हरियाली थियो। हेरिरहुँ लाग्ने। चाल्नाखेलबाट भित्र पस्दा बेग्लै आनन्द भयो।
खोकना पुगेर फर्कँदा ३० किमि यात्रा हुन्छ। काठमाडौंमा साइक्लिङ पर्यटनले गति लिइराखेका बेला तीन वटा सम्पदा वसञ्तपुर, वुङमती र खोकनालाई जोड्ने यो मार्ग चम्किन सक्छ। स्वदेशी र विदेशी दुबैका लागि उपयोगी छ।
खोकनामा खानाको समस्या छैन। गल्लि गल्लिमा छन् नेवार परिकार बेच्ने पसल। जहाँ रागाँदेखि हाँससम्मको छोयला पाइन्छ। नेवार समुदायमा योमरी मिठाई प्रचलित छ। चामलको पिठोभित्र चाकु वा खुवा राखेर बफाइन्छ। जुन शक्तिबर्धक हुन्छ। जाडोमा खाँदा न्यानो हुन्छ।
योमरी पुर्णिमामा नेवारका घर–घरमा योमरी पाक्छ। अचेल केही रेस्टुरेन्टमा वर्षैभरि पाक्छ। खोकनामा महिलाले चलाएका छन् 'योमरी क्याफे'। योमरीको मुल्य ३० रुपैयाँ।
प्याडल घुमाउँदै खोकना पुगेसि योमरी चाख्नु राम्रो हुन्छ। हामी ( राजकुमार थापा, पवन, शुरेन्द्र राना, गोपाल श्रेष्ठ लगायत)ले त थपि थपि खायौं। स्वाद जिब्रोमै बसेको छ।
साँच्चै साइक्लिङको यो नयाँ रुटलाई 'योमरी साइकल टे्रल'का रुपमा ब्राण्डिङ गरेर मार्केटिङ गर्ने कि!
प्रकाशित: ४ भाद्र २०७२ २३:०७ शुक्रबार





