१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

१० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज– वीरगन्जस्थित नरायणी अञ्चल प्रहरी कार्यालयको प्रहरी टोलीले १० किलो ८६ ग्राम चाँदीसहित भारतीय एक नागरिकलाई पक्राउ गरेको छ।

chandi_zpo11111111111111111111111111.jpg

भारत बिहारको पश्चिम चम्पारण नरकटियागन्ज घर भएका मुन्नाकुमार सोनारलाई वीरगन्ज –१९ नगवा नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनुराग द्धिवेदीले बताए।

बिहारको रक्सौल हुँदै चाँदी चोरी भई आउने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद सोनारको शरीर खानतलासी गरी चाँदी फेला पारेको हो। अभियुक्त सोनारलाई पक्राउ गरी नियन्त्रणमा लिइएको द्धिवेदीले जानकारी दिए।

प्रहरीका अनुसार सोनारले शरीरमै लुकाई राखेको कालो झोलाभित्र बेरिएको चाँदीका गहना बरामद गरिएको छ। नारायणी अञ्चल प्रहरीको टोलीले चाँदीसहित सोनारलाई राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा थप अनुसन्धानको लागि बुझाएको छ।

प्रकाशित: २८ श्रावण २०७२ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App