२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

धारिलो हतियार प्रहार गरी दिनदहाडै युवाको हत्या

नेपालगन्ज-नेपालगन्जको शान्ति सुरक्षामा क्रमिक रुपमा सुधार आइरहेको प्रहरीले दाबी गरिरहेकै बेला दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। नेपालगन्ज–८ निवासी २८ बर्षीय चेतन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
प्रत्यक्षदर्शीका अनुसार नेपालगन्जको ब्यस्त बजार धम्बोझीस्थित नेपाल बायुसेवा निगम कार्यालय नजिकै सोमबार दिउँसो ३ बजे युवाहरुको एक समूह आएर मानन्धरमाथि धारिलो हतियार प्रहार गरेको थियो।
घटनामा गम्भिर घाईते भएका उनलाई तत्काल नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि पुर्यारइएको थियो। शरिरका विभिन्न भागमा गहिरो चोट लागेर घाइतले भएका मानन्धरको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि जहाजबाट काठमाडौं लैजादै गर्दा नेपालगन्जमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त पन्तले घटनामा संलग्न नेपालगन्जका पाँच जना युवालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा प्रशान्त गौतम, नवराज खत्री, विशाल बस्नेत, मोहन खड्का र केशव रोकाय रहेका छन्। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपालगन्ज–५ निवासी रिगल ढकाल, सोहन सिंह र माधव परियार फरार भएको एसपी पन्तले बताए। 'उनीहरु फरार छन। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ,' उनले भने।
पक्राउ परेका अभियुक्तको साथबाट २ थान खुडा र एउटा खुकुरी बरामद गरिएको छ। घटनामा संलग्न युवाहरु लामो समयदेखि गुन्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ। व्यक्तिगत रिस साँध्न हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ। घटनास्थल धम्बोझीस्थित प्रहरी बिटदेखि करिव १ सय मिटर दुरिमा छ। युवकको मृत्युपछि उनको परिवारले फरार व्यक्तिलाई पक्राउ नगर्दा सम्म शव नबुझ्ने चेतावनी दिएका छन्। मृतककि आमा दुर्गा मानन्धरले घटनामा संलग्न विरुद्ध मंगलबार किटानी जाहेरी दिने बताईन्।

प्रकाशित: २८ असार २०७२ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App