८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

प्रहरी हिरासतमा कसरी भयो बुढाथोकीको मृत्यु?

मकवानपुर— प्रहरी नियन्त्रणको क्रममा दुई हप्ता अगाडि मृत्यु भएका कृष्ण बुढाथोको घटना छानविन गर्न मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले टोली गठन गरेको छ। मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा छानविन टोली गठन भएको हो। पोखरेलले घटना छानविनकै क्रममा रहेको र नारायणघाट प्रहरीबाट बुझेर ल्याएका बालकृष्ण नगरकोटी लगायत चार जना प्रहरी नियन्त्रणमा रहेको नागरिकन्युजलाई बताए।मकवानपुर प्रहरीले बुढाथोकी प्रहरी नियन्त्रणमा पर्नुभन्दा पहिला नै कुटपिटबाट घाइते भएको पोष्टमार्टम रिपोर्टले देखाएको जनाएको छ।

मृतक बुढाथोकीले काठमाडौं गोठाटार ५ बस्ने बालकृष्ण नगरकोटीसँग लिएको ६ लाख ७४ हजार रुपैयाँको भुक्तानी हिमालय बैंकको चेकबाट गरेका थिए। नगरकोटीले उक्त चेक हिमालय बैंकमा साट्न जाँदा खातामा पैसा नभएको थाहा पाएका थिए। त्यसपछि आफू ठगिएको भन्दै मृतक बुढाथोकीविरुद्ध पौष १७ गते वडा प्रहरी कार्यालय नारायणघाटमा उजुरी दिएका थिए।

नगरकोटीले दिएको उजुरीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढले बुढाथोकीलाई नियन्त्रणमा लिएपछि बुढाथोकीले वडा प्रहरी कार्यालयमा १५ दिनमा चेकमा लेखिएको रकम दिने सहमति समेत गराएको कुरा मकवानपुर प्रहरीले जनाएको छ।

बुढाथोकीले रकम दिने सहमति गरिसके पनि नगरकोटी सहित रहेका टोलीले बुढाथोकीलाई सँगै काठमाडौं लैजान भनेर वडा प्रहरी कार्यालय नारायणघाटबाट बुझी टाटा सुमोमा राखेका थिए। हेटौडा हुँदै भिमफेदीको बाटोबाट काठमाडौं लैजाने क्रममा १९ गते बुढाथोकीले भिमफेदी प्रहरीलाई देखेर आफू अपहरणमा परेको भन्दै कराएपछि भिमफेदी प्रहरीले गाडीलाई मकवानपुर प्रहरी कार्यालयमा बुझाएको थियो।

नगरकोटी समूहले मृतक बुढाथोकीलाई मकवानपुर प्रहरीलाई जिम्मा लगाएको केही घण्टापछि उनलाई थुनुवा कक्षको शौचालयमा अचेत अवस्थामा फेला पारिएको दाबी प्रहरीको छ। त्यस लगत्तै प्रहरीले उपचारको लागि हेटौडा अस्पतालमा पुरयाउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक बुढाथोकीलाई गाडीमा लिएर काठमाडौ लैजाने बालकृष्ण नगरकोटीसँगै हेटौडा ३ बस्ने सुक्रम खडगी, किरण प्रजापति, राजेश नरसिह श्रेष्ठ र हेटौडा १ बस्ने उमेश लामालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको उपरिक्षक पोखरेलले बताएका छन् ।

पोखरेलले प्रहरी नियन्त्रणमा रहेकाहरुसँग सोधपुछ गर्दा मृतक बुढाथोकीलाई गाडीमा काठमाडौं लैजाने क्रममा हातपात गरेको कुरा जानकारी हुन आएको बताए।

प्रकाशित: १ माघ २०७१ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App